बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा महिलाको हत्या, एनसेनको टावरमा आगजनी

शनिबार, ११ फागुन २०७५, १३ : ४८
शनिबार, ११ फागुन २०७५

कपिलबस्तु–कपिलवस्तुको वाणगङ्गामा गए राति एक महिलाको हत्या गरिएको छ । वाणगङ्गा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो । 
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोेट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि जानकारी प्राप्त हुने बताए । 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यद्यपि स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने बताएका छन् । जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान जारी राखेको छ । 


एनसेनको टावरमा आगजनी 

यता जिल्लाको वाणगङ्गा नगरपालिका–११ मईनारामा रहेको एनसेल कम्पनीको टावरमा आगजनी भएको छ ।

 गए राति करीब १० बजेको समयमा भएको घटनापछि प्रहरीले दमकल लगेर आगो निभाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । 

विप्लव समूहले अन्य जिल्लामा टावर जलाउने क्रममा वडा नम्बर ११ मा पनि क्षति भएकाले सोही समूहले नै गरेको हुनसक्ने प्रहरीले आशङ्का गरेका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप