बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझाको प्रदेश १ संयोजकमा भेटवाल, रवीन्द्र मिश्रले लगाइदिए माटोको टीका

शनिबार, ११ फागुन २०७५, १३ : ३३
शनिबार, ११ फागुन २०७५

विराटनगर–विवेकशील साझा पार्टीले प्रदेश नं १ को संयोजक चयन गरेको छ । पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई संयोजक चयन गरेको हो । 

शनिबनार विराटनगरमा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उनको नाम सार्वजनिक गरिएको हो। सो क्रममा पार्टी संयोजक रवीन्द्र मिरुले पार्टीको परम्परा अनुसार उनलाई माटोको टीका लगाएर स्वागत तथा शुभकामना दिएका थिए । 

सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेर (२९ वर्ष) मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बनेका थिए । 
हाल पनि  जेसिसको देशव्यापी प्रशिक्षक हुन् । 
 झण्डै ६ वर्ष सपरिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता आएका भेटवाल झापाका एकजना उद्यमी पनि हुन् । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नवनियुक्त प्रदेश संयोजक भेटवालले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीको नेतृत्वमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुशी र उत्साहित भएको बताए । 

पार्टीका संयोजक रवीन्द्र मिश्रले अनिल भेटवाल जस्तो व्यक्तित्वलाई प्रदेश नं १ को नेतृत्व सुम्पन पाउनु खुशीको विषय भएको बताए । 

विवेकशील साझा पार्टीले यस अघि नै प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयोजकमा क्रमश: समीक्षा बास्कोटा, महेश भण्डारी, अनुपमान सैँजु, गेहेन्द्र प्रसाद दहाल र गोपाल हमाललाई चयन गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप