बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमलेखगञ्जमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर स्थापना

शनिबार, ११ फागुन २०७५, १३ : २५
शनिबार, ११ फागुन २०७५

काठमाडौं–बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा प्रभु बैंकको बिरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ । 

  निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले एक समारोहका बीच बैंकको सो एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेको बैंकले जनाएकोछ  । 

उद्घाटन कार्यक्रममा बोल्दै यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई काउन्टर स्थापनाबाट  कारोबार गर्न सहज हुने बताए । 

 उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित  निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए । 

 बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आफ्नै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप