शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर बम विस्फोट प्रकरणः  ६ जना पक्राउ, सीसीटीभी फुटेज अध्ययन गर्दै प्रहरी

शनिबार, ११ फागुन २०७५, १३ : ११
शनिबार, ११ फागुन २०७५

ललितपुर–ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन । 

घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

घटनामा परी गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 साथै घटनामा घाइते भएकी ललितपुर महानगरपालिका ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारको लागि मेडिसिटी अस्पताल रिफर गरिएको छ । 
यस्तै अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरूसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्ने घरको शिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ । 

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक समेतको टोली तत्काल घटनास्थलमा खटि गई घाइतेहरुलाई अस्पताल पठाउनुका साथै थप उद्दार कार्य तथा अभियुक्तहरुको खोजी गरेको थियो । 
यसैबीच प्रहरीले एनसेल कार्यालयमा रहेको सीसीटीभीमा कैद भएको फुटेज अध्ययन थालेको छ । फुटेज अध्ययन पछि घटनाबारे थप तथ्य पत्ता लाग्ने प्रहरीले विश्वास लिएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप