शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहमा गाडी खरिदको होडबाजीः मेयर उपमेयरहरू पनि दौडमा

शनिबार, ११ फागुन २०७५, ११ : १८
शनिबार, ११ फागुन २०७५

बुटवल । पाँच नम्बर प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरू गाडी खरिद गर्न तँछाड मछाडमा उत्रेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूमा  महँगो र राम्रो गाडी  खरिद होडबाजी चलेको छ । 

निर्वाचित भएको एक वर्ष पूरा भएपनि स्थानीय नयाँ गाडी खरिद गर्ने क्रम अझै टुङ्गिएको छैन ।  सके महँगो खरिद गर्ने नभए राम्रो गाडी भाडामा लिएर भए पनि चलाउने कार्य पाँच नम्बर प्रदेशका रुपन्देही, गुल्मी, अर्घाखाँची, प्युठानलगायतका जिल्लामा भएको छ । 

रुपन्देही जिल्लाका स्थानीय तह कामभन्दा पनि सुविधामुखी बन्दै गएको  पुष्टि हुँदै गएको छ । 

नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले बुटवलको एक होटलमा स्थानीय तहका जनप्रतिनिधिहरू र प्रदेशसभा सदस्यसमेत रहेको कार्यक्रमा भनेका थिए ।

 ‘अहिले गाडी खरिद गर्ने, सेवा सुविधातिर केन्द्रित हुनेभन्दा जनताका काम गरेर सङ्घीयताको मर्मलाई उपलिब्धिका रुपमा देखाउनुहोस् । विलासितातिर लाग्दै नलाग्नुहोस् । जनताले तपाईंहरूको परीक्षण गरिरहेका छन् ।’ नेपालले भने । 

तर स्थानीय तहमा आवश्यकताभन्दा पनि नयाँ नयाँ गाडी खरिद गर्ने एक प्रकारको प्रतिस्पर्धा चलेको छ ।  

रुपन्देहीमा स्थानीय तहका प्रमुख, उपप्रमुखहरूले सुविधा सम्पन्न सवारी साधान खरिद गरिरहेका छन् भने कतिपयले भाडामा सवारीसाधान प्रयोग गर्दै आएका छन् । 

रुपन्देही जिल्लामा जम्मा १६ वटा स्थानीय तह छन् । १० वटा पालिका, ५ वटा नगरपालिका र एउटा उपमहानगरपालिका छन् । यी सबैको पहिलो काम भनेको सावरी साधान खरिद रहेको देखिन्छ । 

रुपन्देहीका सबैजसो स्थानीय तहले ५० लाखभन्दा बढीका स्कारपियो (जिप) खरिद गरेका छन् । ती सवारी साधान गाउँपालिकाका अध्यक्षहरूले प्रयोग गर्दै आएका छन् । उपमानगरपालिकाले पनि सोही प्रक्रिया अगाडि बढाएको छ ।

रुपन्देहीको कञ्चन  गाउँपालिका र गैडहवा गाउँपालिकाले  निजी सवारी साधन भाडामा लिएर प्रयोग गर्दै आएका छन् । मासिक हजारौँ रुपैयाँ तिरी सवारीसधान भाडमा लिएर सञ्चालन गरिरहेका हुन् । कतिपय स्थानीय निकायले  सवारीसाधान भाडामा लिएर सञ्चालन गरेको भए पनि केहीले अहिले हटाएका छन् भने कतिपयले अझै पनि भाडामा नै साधान प्रयोग गर्दै आएका हुन् ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा १६ वटा सवारीसाधान छन् । स्कारपियो जिप एउटा छ  । यो गाउँपालिकाले पनि एउटा स्कारपियो भाडामा प्रयोग गर्दै आएको छ । त्यो प्रमुख कार्यकारी अधिकृतले चढ्दै आएका छन् ।  

सबै वडाका प्रत्येक वडाध्यक्षलाई एक एकवटा गरी ९ वटा मोटरसाइकल प्रदान गरिएको छ । उपाध्यक्षका लागि पनि मोटरसाइकलको नै व्यवस्था गरिएको छ । उपाध्यक्ष महिलाहरू भए पनि उनका श्रीमानहरूले उक्त मोटरसाइकल प्रयोग गर्दै आएका छन् । कार्यालयमा ४ वटा नयाँ, एउटा पुरानो मोटरसाइकल पनि छ । यीसहित जम्मा १४ वटा मोटरसाइकल कार्यालयमा छन् ।  

यस्तै कञ्चन गाउँपालिकाले पनि भाडाको रुपमा एउटा कार प्रयोग गरिरहेको छ । यस गाउँपालिकामा जम्मा १३ वटा सवारीसधान छन् । यसले एउटा नयाँ स्कारपियो जिप खरिद गरेको छ । एउटा कार र दुईवटा २ वटा स्कुटर र भाडामा लिएर प्रयोग गर्दै आएको छ  भने पुराना नौवटा मोटरसाइकल पनि छन् । 

रुपन्देही जिल्लामा सबैभन्दा बढी सरकारी सवारीसाधान प्रयोग गर्ने स्थानीय निकाय बुटवल उपमानगरपालिका हो । यस नगरपालिकासँग  अहिले ३३ वटा सवारी साधान रहेका छन् । 

यसैगरी गुल्मी जिल्लामा डेढ वर्षमा चार करोड २६ लाख खर्च गाडी खरिदमा खर्च भएको छ ।  गुल्मी जिल्लामा स्थानीय तहले चार करोड २६ लाख ३५ हजार ७६४ रुपियाँका गाडी किनेका छन् । 

गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । यस जिल्लामा मदाने र मालिका गाउँपालिकाबाहेक अरू सबै स्थानीय तहले नयाँ गाडी किनिसकेका छन् । दुई स्थानीय तहले गत आर्थिक वर्षमै सवारीसाधन खरिद गरे भने अन्य आठवटा स्थानीय तहले चालु आर्थिक वर्षमा सवारी खरिद गरेका हुन् । 

सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षमा ३८ देखि ५६ लाखसम्मका गाडी किनेको छ, जसमा लु१झ ४३९ नम्बरको डबल क्यापसहितको स्कर्पियो किन्यो । उक्त स्कर्पियो ४० लाख एक हजार १७२ मा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

बुटवल उपमहानगर पालिकाले नयाँ जनप्रतिनिधि आएपछि दुईवटा स्कारपियो खरिद गरेको छ । यसका अतिरिक्त केही समय पहिला फेजआउट भएको परियोजनाले दिएका दुईवटा सुविधा सम्पन्न गाडी पनि नगरपालिकाले प्रयोग गर्दै आएको छ ।

बुटवल उपमानगरपालिकाका जिन्सी शाखा प्रमुख केशव ज्ञवालीका अनुसार एउटा पजेरो पहिलादेखि नै प्रयोग हुँदै आएको हो भने दुईवटा टाटासुमो  गाडी परियोजनाबाट आएको जानकारी दिए । 

नगरपालिकाकोे आफ्नै पनि एउटा भ्यान छ भने १७ वटा मोटरसाइकल छन् । यी सवारीसाधन अधिकांश अधिकृत स्तरका कर्मचारीले प्रयोग गर्दै आएका छन् । 

यस्तै फोहोरमैला सङ्कलनका लागि ४ वटा ट्याक्टर नगरपालिकासँग छन् । दुईवटा दमकल चालु अवस्थमा छन् । एउटा एक्साभेटर र एउटा भ्याकु गरी कुल ३३ वटा सवारी साधन नगरपालिकाले प्र्रयोग गर्दै आएको छ । 

रुपन्देहीमा रहेको दोस्रो सबैभन्दा बढी सरकारी साधन प्रयोग गर्दै आएको स्थानीय तह सिद्धार्थ नगरनगरपालिका हो ।  

यसले ३१ वटा पहिलेकै सवारी साधान प्रयोग  गर्दै आएको छ । नयाँ सवारीसाधन खरिद प्रक्रियामा रहेका छन् । स्कारपियो जिप, कार र  भ्यान गरी ४ वटा छन्  । ती गाडी मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका  छन् ।  

नगरपालिकाका स्टोरकिपर प्रमुख देव ज्ञवालीका अनुसार आठवटा ट्याक्टर छन् भने एउटा लिलामी गर्ने अवस्थामा छन् । 

एउटा टिपर लिलामी गर्ने अवस्थामा छ भने एउटा एक्साभेटर लिलामी गर्ने अवस्थामा छ । यसैगरी नगरपालिकाले १४ वटा मोटरसाइकल प्रयोगमा गरिरहेको छ । ३१ वटा कुल साधानमध्ये थप एउटा एम्बुलेन्स नयाँ खरिद प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका र कोटइमाई गाउँपालिकाका २१÷२१ वटा सवारी साधन छन् ।  तिलोत्तमा नगरपालिकाले नयाँ सवारीसाधन खरिद गरेको छ । नगरपालिकामा दुईवटा स्कारपियो जिप छन् । ती जिप मेयर र उपमेयरले प्रयोग गर्दै आएका छन् भने प्रमुख प्रशासकीय अधिकृतले एउटा कार प्रयोग गर्दै आएका छन् । नगरपालिकामा रहेका २ वटा हाइलेक्स गाडी  जनस्वाथ्य कार्यालयले दिएको हो । 

यसैगरी नगरपालिकासँग १४ वटा मोटरसाइकल, एउटा स्कुटर, र  एउटा टिपर छ । 

स्टोर तथा जिन्सी शाखाका प्रमुख सीता भण्डारीका अनुसार दुईवटा बलेरो र १७ वटा मोटरसाइकल किन्ने तयारी गरेको छ ।

यस्तै कोटइमई गाउँपालिकाले पनि २१ वटा सवारी सधान प्रयोग गर्दै आएको छ । तीमध्ये एउटा स्कारपियो र १९ वटा मोटरसाइकल छन् । गाउँपालिकामा यति धेरै सवारीसाधान हुँदाहुँदै एउटा कार अझै पनि भाडामा नै लिएर चलाएको छ । 

देवदह नगरपालिका मेयर सरकारी सवारीसाधान चढ्दैनन् । उनको आफ्नै कार छ । तापनि नगरपालिकाले दुईवटा स्कारपियो जिप खरिद गरी सञ्चालन गरेको छ  । उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्नका लागि गाडीको व्यवस्थापन गरिएको जनाइएको छ । नगरपालिकाका सूचना तथा प्रकाशकीय अधिकृत गङ्गा पन्थीका अनुसार नगरपालिकाको स्वामित्वमा १५ वटा मोटरसाइकल, एउटा जेसीबी र एउटा ट्याक्टर छ । 

यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिकाले कुल ११ वटा साधन प्रयोग गर्दै आएको छ । त्यसमा एउटा कार, एउटा जिप, टिपर, एउटा दमकल, एउटा एबुलेन्स, ५ वटा मोटरसाइकल र एउटा भ्याकुलोडर छ ।

सैनामैना नगरपालिकामा २० वटा सवारीसाधन छन् । तीमध्ये ३ वटा स्कारपियो नगरप्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका छन् । यस्तैगरी नगरपालिकामा १६ वटा  मोटरसाइकल र एउटा टिपर छ ।

मर्चवारी गाउँपालिकामा १३ वटा सधानहरू छन् । जसमा एउटा स्कारपियो, १२ वटा मोटरसाइकल छन् । 

मायाँदेवी गाउँपालिकामा १७ वटा सवारी साधन छन् । तीमध्ये २ वटा स्कारपियो र १५ वटा मोटरसाइकल छन् । 

यस्तै सुद्धोधन, सियारी र मयादेवी गाउँपालिकाबीच संयुक्त लगानीमा एउटा एम्बुलेन्स खरिद गर्ने सहमती भएको छ । 

ओम सतिया गाउँपालिकामा २४ वटा सवारीसाधान छन् । एउटा स्कारपियो जिप, ११ वटा मोटरसाइकल प्रयोगमा छन् भने थप ६ वटा मोटरसाइकल र ५ वटा स्कुटर दाखिला हुन बाँकी छ । ती सवारीसाधान भर्खरै खरिद गरिएका हुन् । 

रोहिणी गाउँपालिकामा एउटा स्कारपियोसहित ९ वटा मोटरसाइकल छन् ।  स्कारपियो गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएका छन् ।

यस्तै सियारी गाउँपालिकामा कुल १६ वटा सवारीसाधान छन् । तीमध्ये एउटा स्कारपियो जिप,  १४ वटा मोटरसाइकल र एउटा ट्याक्टर समेत रहेको छ । 

सुद्धोधन गाउँपालिकामा १९ वटा सवारीसाधनमध्ये दुईवटा स्कारपियो छन् भने १७ वटा मोटरसाइकल छन् ।

गुल्मीमा दुई स्थानीय तहले गत आर्थिक वर्षमै सवारीसाधन खरिद गरे भने आठ स्थानीय तहले चालु आर्थिक वर्षमा सवारी खरिद गरेका हुन् ।  ३८ देखि ५६ लाखसम्मका गाडी सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षमा लु १ झ ४३९ नम्बरको डबल क्यापसहितको स्कर्पियो किन्यो । उक्त स्कर्पियो ४० लाख एक हजार १७२ मा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए । 

गुल्मीको कालिगण्डगी गाउँपालिकाले  पनि यसै आर्थिक वर्षमा लु १ झ ४६२ नम्बरको नयाँ गाडी खरिद गरेको छ । गाडीको मूल्य ३७ लाख ९५ हजार तिरेको सूचना अधिकारी ओम थापाले जानकारी दिए ।

 चन्द्रकोट गाउँपालिकाले पनि ३९ लाख ४५ हजारमा लु १ झ ४६६ नम्बरको गाडी खरिद गरेको छ । गुल्मीदरवार गाउँपालिकाले पनि स्कर्पियो ‘फुल बडी’ खरिद गरेको छ । लु १ झ ४२५ नम्बरको स्कर्पियोलाई ५६ लाख परेको सूचना अधिकारी सुरेश खनालले बताए ।

 गुल्मीदरबार गाउँपालिकाको गाडीको मूल्य गुल्मीका स्थानीय तहमध्येको सबैभन्दा बढी हो । छत्रकोट गाउँपालिकाले बा २ झ ४१३० नम्बरको गाडी ४३ लाख ५९ हजार ५९२ मा खरिद गरेको छ । धुर्कोट गाउँपालिकाले पनि यस आर्थिक वर्ष नै नयाँ गाडी खरिद गरेको छ ।

रूपन्देहीमा रहेका स्थानीय तहका सवारी सधान विवरण :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप