बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्तव्यज्यान र लागुऔषध मुद्दाका २ जना कारगार चलान

शनिबार, ११ फागुन २०७५, १० : २४
शनिबार, ११ फागुन २०७५

ताप्लेजुङ । ताप्लेजुङमा कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ । 

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्दामा पक्राउ परेका इलामको सूर्योदय नगरपालिका–७ घर भई फुङलिङ नगरपालिकामा डेरा बस्दै आएका सहदेव राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । 

चतुरमानले झापाको गौरीगञ्ज घर भई ताप्लेजुङ सदरमुकाममा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय दिलकुमार राई, निजकै चार महिनाकी गर्भवती श्रीमती २८ वर्षीषा शान्ता राईलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । 

घाइते श्रीमान, श्रीमती र गर्भमा रहेको चार महिनाको बच्चाको समेत ज्यान गएपछि कर्तव्य ज्यान मुद्दामा उनी पक्राउ परेका थिए । 

यस्तै सहदेव राई भने २.३ मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका थिए । उनीहरु दुवैमाथि प्रहरीद्वारा अनुसन्धान कार्य पूरा भएकोमा जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि कारागार चलानका लागि आदेश गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप