बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन, उपचारका लागि काठमाडौं आउँदै

शनिबार, ११ फागुन २०७५, १० : २०
शनिबार, ११ फागुन २०७५

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरेका छन् । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगन गरेका हुन् । 

गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उनीहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए । 

छोरीको हत्या भएको सात महिना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो पोखे । 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताए । 

‘प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही भएन’, उनले भने, ‘अपराधी जोसुकै होस् कारवाहीको दायरामा ल्याउनु प¥यो ।’

धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको उल्लेख गर्ने निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् । धर्ना स्थगितपछि पन्त परिवार उपचारका लागि काठमाडौँ जाने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप