शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राँगोले हान्दा एकको मृत्यु, प्रहरीले गोली हानेर राँगो मार्‍यो

शनिबार, ११ फागुन २०७५, ०९ : ५६
शनिबार, ११ फागुन २०७५

काठमाडौं । राजधानीमा राँगोले आक्रमण गर्दा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी अन्दाजी ६५ वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो । 

महर्जनलाई आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्याएर दुई राउन्ड गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत थानकोटका प्रमुख (डीएसपी) कुमार विक्रम थापाका अनुसार मर्निङवाक निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको हो । 

‘गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ डीएसपी थापाले भने ।  

राँगोले मान्छेमाथि आक्रमण गरेपछि प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेका थिए । समात्न नसकेपछि प्रहरीले मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि राँगोमाथि गोली चलाएको डीएसपी थापाले बताए ।  

राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएपनि कसको हो भने खुल्न सकेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप