शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा बलात्कार प्रयास गर्ने एक पक्राउ

शनिबार, ११ फागुन २०७५, ०९ : ०८
शनिबार, ११ फागुन २०७५

बाजुरा - बलात्कारको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीय शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरी बलात्कार गर्न खोजेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई हिरासतमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप