बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वेस्टहामको सहज जित

शनिबार, ११ फागुन २०७५, ०९ : ०५
शनिबार, ११ फागुन २०७५

एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्टहाम युनाइटेडले सहज जित निकालेको छ  । शुक्रबार राति भएको खेलमा वेस्टहामले फुलहामलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा वेस्टहामलाई जित दिलाउन जाभियर हर्नान्डेज, इसा डिओप र मिचाइल एन्टोनियोले एक एक गोल गरे । फुलहामका रायन बाबेलले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता फुलहामले लिएको थियो । तेस्रो मिनेटमा बाबेलले गोल गर्दै फुलहामलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै वेस्टहामलाई खेलमा फर्काए । हर्नान्डेजको प्रिमियर लिगमा यो ५० औं गोल हो ।

त्यसपछि ४० औं मिनेटमा डिओपले गोल गाडी बढाए । त्यसपछि दोस्रो हाफमो इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै वेस्ट हामको जित सहज बनाए । जितसँगै नवौं स्थानमा रहेको वेस्टहामले २७ खेलबाट ३७ अंक बनाएको छ । १५ अंक बनाएको फुलहाम रेलिगेसनको मारमा छ ।

शुक्रबार राति नै भएको अर्को खेलमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ गोलले हरायो ।  वाटफोर्डको जितमा जेरार्ड डेउलोफेउले ह्याट्रिक गरे । ट्रोय डिनीले दुई गोल थपे । कार्डिफका सोल बाम्बाले सान्त्वना गोल फर्काएका थिए । जितसँगै जितसँगै ४० अंक बनाएको वाटफोर्ड सातौं स्थानमा छ । २५ अंक बनाएको कार्डिफ १७औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप