बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नख्खु बम विस्फोटमा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

शनिबार, ११ फागुन २०७५, ०७ : ५६
शनिबार, ११ फागुन २०७५

काठमाडौं– ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

 विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले शुक्रबार साँझ भएकाे साे बम विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप