ओली कमजोर भएपछि नेकपाको कार्यदल नै भंग
काठमाडौं - पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो ।
कार्यदलका बहुमत सदस्यले एक साताको सयम थपिए आफूहरुलाई दिइएको जिम्मेवारीअनुसार प्रतिवेदन बुझाउने प्रस्ताव राख्दा पनि कार्यदलका संयोजक रामबहादुर थापाले अध्यक्षको निर्देशनमा काम गर्न नसक्ने अडान लिएपछि सचिवालय बैठकले कार्यदल भंग गरेको हो ।
समाचार स्रोतले भन्यो अध्यक्ष पुष्पकमल हादाल ‘प्रचण्ड’सहित सचिवादयमा बहुमत सदस्यले कार्यदलको म्याद केही दिन थप गरेर भए पनि काम गर्न दिने पक्षमा अडान लिए पन िकार्यदलका संयोजक थापाले नसक्ने अडान लिँदा कार्यदल भंग गर्ने अवस्था सृजना भएको हो । यो समाचार मधुसूदन रायमाझीले नेपाल समाचारपत्रमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा