शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

घलेलाई मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश

शुक्रबार, १० फागुन २०७५, १९ : २५
शुक्रबार, १० फागुन २०७५

काठमाडौँ– टासी घलेलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नाममा आदेश जारी छ । 

गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उनलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताए । 

गत माघ ३ गते एन्फाको कार्य समिति बैठकले घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो । कार्यसमितिले गत वैशाखमा भएको निर्वाचन लगत्तै उनलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । कर्माछिरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा सहयोग गरेका घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप