शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान सुपर लिग क्रिकेटः डेब्यु खेलमै सन्दीपले लिए  ३ विकेट

शुक्रबार, १० फागुन २०७५, १९ : १९
शुक्रबार, १० फागुन २०७५


काठमाडौं– पाकिस्तान सुपर लिगमा सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिएका छन् । लाहोर कलन्दर्सबाट लामिछानेले पहिलो खेलमै ३ विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १७ रन दिएर महँगो सावित भएका सन्दीपले दोश्रो, तेश्रो र चौथो ओभरमा १–१ विकेट लिन सफल भएका हुन् । 

लगत्तै दोस्रो ओभरमा सन्दीपले लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउन सफल भए । मुलतान सुल्तान्ससँगको खेलमा सन्दीपले तीन विकेट लिएका हुन् ।
 
उनको बलमा ११.५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भिन्स फकर जमानको हातबाट क्याच आउट भएका थिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गर्न सफल भए ।

१६ औं ओभरमा व्यक्तिगत चौथो ओभर लिएर आएका सन्दीपले आन्द्रे रसललाई कट एण्ड बोल्ड गरेका हुन् ।

सन्दीपले ४ ओभरको स्पेलमा ४६ रन खर्चिएदा ३ विकेट हात पार्न सफल भएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप