बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा उदय सुरु, ६ वटा नयाँ सवारीसाधन अनावरण

शुक्रबार, १० फागुन २०७५, १७ : ३४
शुक्रबार, १० फागुन २०७५

काठमाडौं–भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आजबाट काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलो पटक बृहद एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को शुभारम्भ गरेको छ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गरेकी छन् ।

कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरुलाई उक्त प्रदर्शनीमा राखेको छ । आजकै कार्यक्रममा महिन्द्राले ६ वटा नयाँ गाडिहरुको पनि नेपाली बजारमा अनावरण गरेको छ ।

महिन्द्राको बहुप्रतिक्षीत एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्द्रिाको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५को पनि सार्वजनिक गरेको छ ।

महिन्द्राका उत्पादन नेपाली बजारमा आजभन्दा करिब २७ वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आईरहेको छ । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा यो लाइफस्टाइल एण्ड अटो शो आयोजना गरेको हो ।

आकर्षक डिजाइन, उत्कृष्ट पर्फर्मेन्स र विशेषताका एसयूभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राख्ने छ । एसयूभी, इलेक्ट्रीक सवारी, दुईपाङ्ग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारीसाधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने छ ।

यो प्रदर्शनीमा अटो शोका साथै विभीन्न कलाकारहरुको लाइभ प्रफर्मेन्सको आनन्द लिनुका साथै विभीन्न स्वादका खानाहरुको पनि मजा लिन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप