बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षमा सरकारले उथलपुथल ल्याउँछ : मन्त्री अर्याल

शुक्रबार, १० फागुन २०७५, १७ : १६
शुक्रबार, १० फागुन २०७५

काठमाडौं–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले  महिलाहरू आर्थिक रूपमा सशक्तिकरण हुने अभियान सञ्चालन गर्नुपर्ने भन्दै  आर्थिक सशक्तीकरण अबको महिला आन्दोलनको दिशा हुनुपर्ने धारणा राखेकी छिन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय महिला हिंसा विरुद्धको अभियान र केन्द्रीय युवा समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आत्मनिर्भर बनाउदै अबको महिला आन्दोलन अगाडि बढाउनुपर्ने पनि बताइन् ।  त्यसका निम्ति ठूलो अभियानको आवश्यकता रहेको मन्त्री अर्यालको भनाई छ । 

महिलाहरूलाइ सीप सिकाउँदै, उत्पादन, उद्यमशीलतामा जोड्दै आर्थिक सशक्तीकरणको अभियानमा लगाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यो अभियान सामुहिकतामा सहकारीमार्फत गर्नुपर्ने समेत बताइन् । ‘प्रत्येक घरबाट सहकारीको सदस्य बनाउने र सामुहिकतामा हाम्रा ठाउँको सम्भावना पहिचान गर्दै उद्यमशीलतामा जोड्ने र आर्थिक आयआर्जन गर्ने अभियान सञ्चालन गर्नुपर्छ’, उनले भनिन्,’ कम लगानीमा पनि उत्पादन गर्न,उद्यमशीलता चलाउन सकिन्छ र त्यो सहकारीमार्फत सामूहिकतामा गर्न सकिन्छ ।’

मन्त्री अर्यालले नियतबस सरकार असफल बनाउने प्रयत्नविरुद्ध बोल्न आग्रह गर्दै पाँच वर्षमा यो सरकारले केही उथलपुथल ल्याउने दाबी गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप