केसी–थापा जुहारी : आफू पनि अनसन बस्ने थापाको घोषणा
डा गोविन्द केसी विरुद्ध अनसन बस्दै आएका विजय थापाले केसी फेरि अनसन बसे आफुपनि बस्ने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी थापाले यस्तो घोषणा गरेका हुन् । ‘डा. केसी जहाँ अनसन बस्छन् म पनि त्यहि बस्छु,’ थापाले भने । यसअघि थापा केसीको १६ औं अनसनलाई चुनौति दिँदै अनसन बसेका थिए । केही दिनअघि डा. गोविन्द केसीले फेरि अनसन बस्ने बताएका थिए ।
त्यस्तै थापाले अष्ट्रेलियमा अलपत्र परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरुको उद्दार गर्न सरकारसँग माग समेत गरेका छन् ।
उनले अलपत्र विद्याथीहरुको उद्दार गर्न दवाव दिने उद्देश्यले शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्ने जानकारी समेत दिएका छन् ।
विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राख्दै बुधबार मात्र डा. गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका थिए ।
फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी (विज्ञप्तिसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ