शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्डप्रेस सम्मेलन चैतमा आयोजना हुने

शुक्रबार, १० फागुन २०७५, १६ : ४२
शुक्रबार, १० फागुन २०७५

सबैभन्दा ठूलो “WordPress” सम्मेलन "WordCamp Kathmandu", येही चैत्र २ र ३ गते (16-17 March) मा  आयोजना हुने भएको छ। WordPress सम्मेलन “WordCamp Kathmandu 2019”, Tripureshwor मा अवास्थित  Bougainvilla Events. मा हुनेछ।

वर्डप्रेस नि: शुल्क र खुल्ला स्रोत व्यक्तिगत प्रकाशन सफ्टवेयर हो जुन वेबमा 75 मिलियन भन्दा बढी साइटहरू छन्। WordCamp वर्डप्रेस प्रयोगकर्ताहरूद्वारा स्थानीय रूपमा संगठित सम्मेलन हो। यो सम्मेलनले, WordPress लाई कसरी प्रयोग गर्न, Plugin र Theme कसरी विकास गर्न, सुरक्षा, र बिभिन्न विषय समेटिने छन|

यस्पलीको WordCamp Kathmandu पनि गत बर्षझै २ दिनको हुनेछ। जस अन्तर्गत पहिलो दिन बिभिन्न session, workshop हरु हुनेछन भने दोस्रो दिन “Contributor Day” हुनेछ| Contributor Day  दिन हामीले Wordpress समुदायलाई विभिन्न क्षेत्रबाट योगदान गर्न सक्छौं, यसमा तपाईंले Documentation, Themes, Plugins, Support आदिको जानकारीहरू पाउनुहुनेछ र योगदान पनि गर्न सक्नु हुनेछ।

WordCamp Kathmanduको  नियमित टिकटहरूको बिक्री खुला गरिएको छ| नियमित टिकटहरूको मुल्य रु २००० तोकिएको छ। तपाईंले WordCamp Kathmandu को आधिकारिक वेबसाईटमा गएर आफ्नो टिकट खरिद गर्न सक्नु हुनेछ। टिकट खरिदका लागि - https://2019.kathmandu.wordcamp.org/2019/02/06/tickets-now-open/

यदी तपाईं बिद्यार्थी हुनु हुन्छ भने, तपाईंले रु १००० छुट प्राप्त गर्न सक्नु हुने छ। छुट प्राप्त गर्नको लागी अनिवार्यरुप मा बिद्यार्थी कार्ड हुन आवश्यक छ।  विद्यार्थीहरूले नियमित रूपमा 2000 रुपैयाँ को टिकट  मात्र रु १००० मा खरीद गर्न सक्दछन्। थप विवरणको लागि - https://2019.kathmandu.wordcamp.org/2019/02/06/student-tickets-open/

कार्यक्रमको बारेमा थप विवरणको लागि, WordCamp Kathmandu 2019 को वेबसाईट मा हेर्न सक्नुहुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप