बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँले खेल बहिस्कार गरेपछि महेन्द्रनगर सोझै फाइनलमा

शुक्रबार, १० फागुन २०७५, १५ : ४८
शुक्रबार, १० फागुन २०७५

काठमाडौँ गोल्डेन्सले खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाईटेड तेस्रो धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । 

शुक्रबारका लागि तय भएको दोस्रो क्वालिफायर्स खेल काठमाडौंले बहिस्कार गरेपछि महेन्द्रनगरले सोझै फाइनलमा स्थान बनाएको हो । 

काठमाडौँले आफ्ना भारतीय खेलाडी अंकित दबासमाथि बलिङमा प्रतिबन्ध लगाएका कारण खेल बहिस्कार गरेको जनाएको छ । 

यसअघिका दुई खेलमा अनाधिकृत एक्सनमा बलिङ गरेको भन्दै काठमाडौंका दबासलाई लिग प्राविधिक समितिले बलिङ गर्नबाट रोक लगाएको थियो । 

अब फाइनलमा शनिबार महेन्द्रनगरले सिवाइसी अत्तरियासँग प्रतिस्पर्धा गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप