शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीलाई सांसदको प्रश्न : मेलम्चीको पानी कहिले खान पाउने ?

शुक्रबार, १० फागुन २०७५, १४ : २७
शुक्रबार, १० फागुन २०७५

काठमाडौ– खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको भन्दै चाँडै काठमाडौवासीले मेलम्चीको पानी पिउन पाउने बताएकी छन् ।

‘शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले मेलम्चीबारे गरेको प्रश्नको जवाफ दिदै मन्त्री मगरले इटालियन ठेकेदार सिएमसी कम्पनी फिर्ता भएपछि केही अन्यौलता सिर्जना भएपनि सरकार त्यसको समाधानको प्रयासमा रहेको जवाफ दिइन । त्यसक्रममा उनले बाँकी मेलम्चीको काम कोमार्फत गराउने भन्नेमा सरकार गृहकार्यमा रहेकाले त्यो प्रकृया पुर्याएर चाँडै निश्कर्षमा पुग्ने बताइन् । 

मन्त्री मगरलाई ६ जना सांसदहरुले प्रश्न गरेका थिए । उनीहरुले मन्त्रीले नै मेलम्चीको पानी आउने समयसीमा पटक–पटक कटेको भन्दै पानी कहिले आउँछ भनेर प्रश्न गरेका थिए ।  जवाफमा मन्त्री मगरले मेलम्चीको पानी आउने समयसीमा तोकेपनि सिएमसी कम्पनीले आयोजना छोडेर गएकाले ढिलाई भएको भन्दै विधिवत रुपमा समाधान खोज्ने र पानी ल्याएरै छोड्ने बताइन् ।

उनले सिएमसी पुन फर्कने वा नर्फकने निश्चित नभएकाले रिटेण्डर आह््वान गरेर भएपनि मेलम्ची पानी ल्याएरै छोड्ने बताइन् । सांसदहरु डिला संग्रौला, गगन  थापा, महेश बस्नेत, राजेन्द्रकुमार केसी र प्रेम सुवाल, बहादुरसिंह लामाले मेलम्चीबारे प्रश्न गरेका थिए । 

सांसदहरुले मन्त्री र सचिव गजेन्द्र ठाकुरबीच कमिशनका कारण मेलम्चीमा अन्यौल भएको भन्ने समाचारबारे सत्यतथ्य सार्वजनिक गर्न माग समेत गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप