शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोनू निगम नर्भिकबाट डिस्चार्ज भएपछि मुम्बई पुगेः एयरपोर्टमा ह्विलचेयरमा देखिए

शुक्रबार, १० फागुन २०७५, १३ : १३
शुक्रबार, १० फागुन २०७५

बलिउडका चर्चित गायक सोनू निगम बुधबार नेपालबाट मुम्बई पुगेका छन् । सोनूलाई आफ्नी श्रीमतीसँग मुम्बई एयरपोर्टमा ह्विलचेयरमा देखिएको थियो ।

सोनूलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गीतको छायांकनका लागि नेपाल आएका उनलाई अचानक ढाडमा पीडा महसुस भएपछि नर्भिक भर्ना गरिएको थियो ।

स्मरण रहोस्, यो महिनाको सुरुवातमा पनि सोनूलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो किनभने उनलाई एलर्जी भएको थियो । जसका कारण सोनूको अनुहार सुन्निएको थियो र उनलाई सास लिन समस्या भइरहेको थियो ।

आखिर कसरी भयो सोनू निगमको यस्तो हाल ? आइसियूमै भर्ना हुनुपर्यो

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप