बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद वलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

शुक्रबार, १० फागुन २०७५, १२ : ५०
शुक्रबार, १० फागुन २०७५

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरेका छन् । उनले मृतकका परिवार,आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् । 

सांसद वली २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी भएका थिए । गत माघ २३ गते सवारी दुर्घटनामा परी घाइते भएका वलीको ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।  

उनको पार्थिव शरीरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप