बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वीरको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु

शुक्रबार, १० फागुन २०७५, १२ : ४५
शुक्रबार, १० फागुन २०७५

वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । नवीन र भूमिकुमार वीरको बन्दै गरेको भवनमा कार्यरत थिए ।

हिजो बेलुका लिफ्ट चुँडिदा ३ जना मजदुर गम्भीर घाइते भएका थिए ।

एक जनाको उपचारको क्रममा ट्रमा सेन्टर लैजार्दै गर्दा र एक जनाको उपचार हुँदै गर्दा मृत्यु भएको ट्रमा सेन्टरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप