शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महँगा ६ निर्देशक : एउटा फिल्म निर्देशन गरेबापत १ सय करोड पारिश्रमिक

शुक्रबार, १० फागुन २०७५, १२ : १६
शुक्रबार, १० फागुन २०७५

एजेन्सी – भारतको फिल्म उद्योग विश्वमै चर्चित छ । फिल्म मात्रै होइन । फिल्ममा अभिनय कलाकारदेखि गीतसम्मले सबैतिर चर्चा पाइरहेको हुन्छ । अन्तर्राष्ट्रिय स्तरका कलाकार, उनीहरुका जीवनशैली र जीवनस्तर सँगसँगै निर्देशक, निर्माता र प्रोड्युसर पनि उत्तिकै प्रसिद्ध छन् । 

फिल्मलाई सफल वा असफल बनाउने सम्पूर्ण जिम्मेवारी बोकेका निर्देशक पनि उत्तिकै चर्चित छन् । बलिउडमा उत्कृष्ट फिल्म निर्देशन गरेका निर्देशकका जीवनशैली र उनीहरुको पारिश्रमिक कति होला भन्ने धेरैलाई चासो हुने गर्छ । 

बलिउडमा कैयन् बहुचर्चित फिल्मको १ सय करोड हुनु स्वाभाविक हुँदै गएको छ । जसरी फिल्मको बजेट बढ्दै गयो त्यसरी नै निर्देशकको पारिश्रमिक पनि बढ्दै गएको छ । बलिउडमा केहि निर्देशक छन् जसको पारिश्रमिक करोडभन्दा कम छैन ।

कबीर खान

बलिउडका प्रसिद्ध अभिनेता कबीर खानले एउटा फिल्म निर्देशन गरेको लगभग ८ करोड रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । उनले २००६ का पहिलो पटक फिल्म ‘काबुल एक्सप्रेस’ निर्देशन गरेका थिए । त्यसपछि उनले सलमान खानको फिल्म ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ निर्देशन गरे ।

राकेश रोशन 

राकेश रोशन आफैं फिल्मको निर्देशन र निर्माण तथा उत्पादन गर्दै आएका छन् । उनी एउटा फिल्म निर्देशन गरेको १० करोड रुपैयाँ लिन्छन् । उनले ‘कहो ना प्यार है’, ‘कोई मिल गया’, ‘क्रिश’ जस्ता चर्चित फिल्महरुको निर्देशन गरिसकेका छन् । 

करण जोहर 

धर्मा प्रोडक्शन हाउसका मालिक करण जोहरले थोरै मात्र फिल्म निर्देशन गरेका छन् । उनका हरेक फिल्म ब्लकबस्टर भएका छन् । उनी एउटा फिल्म निर्देशन गरे बापत १० करोड रुपैयाँ लिन्छन् । उनले ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘कभी अलविदा ना कहना’, ‘माय नेम इज खान’ निर्देशन गरेका थिए । जुन आजसम्म पनि सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ ।

राजकुमार हिरानी

राजकुमार हिरानीले ‘मुन्ना भाई’, ‘३ इडियट्स’ जस्ता बहुप्रतिक्षित फिल्म निर्देशन गरेका थिए ।  बलिउडको इलिट क्लबका निर्देशकमा एक मानिन्छन् राजकुमार हिरानी । पछिल्लो पटक फिल्म ‘सञ्जु’ निर्देशन गरेका हिरानीले एउटा फिल्म निर्देशन गरेबापत १० करोड रुपैयाँ लिन्छन् । 

रोहित शेट्टी 

रोहित शेट्टी एउटा फिल्म निर्देशन गरेको २५ करोड रुपैयाँ लिन्छन् । एक्शन फिल्म निर्देशक रोहित शेट्टीको पछिल्लो पटक ‘सिम्बा’ले निकै राम्रो कमाई गरेको थियो । 

एसएस राजमोली

तामिल फिल्म उद्योगका प्रसिद्ध निर्देशक एसएस राजमोलीले फिल्म ‘बाहुबली’ निर्देशन गरेका थिए । ‘बाहुबली’ जस्तो बहुचर्चित फिल्म निर्देशन गर्ने राजमोलीले एउटा फिल्म निर्देशन गरेको १ सय करोड पारिश्रमिक लिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप