मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘सन्नी लियोनी’ इन्जिनियरिङको परीक्षामा टपर !

शुक्रबार, १० फागुन २०७५, ११ : ४३
शुक्रबार, १० फागुन २०७५

बिहारमा जुनियर इन्जिनियरिङ परीक्षामा ‘सन्नी लियोनी’ ले शीर्ष स्थान हासिल गरेकी छिन् । तर यी अभिनेत्री सन्नी लियोनी भने होइनन् ।

टाइम्स अफ इन्डियाका अनुसार कसैले ठट्टा गर्दै यो नामबाट आवेदन दिएका थिए । आधिकारिक वेबसाइटमा जारी गरिएको ड्राफ्ट मेरिट लिस्टमा सन्नी लियोनीको नाम पहिलो स्थानमा छ । यस्तै तेस्रो स्थानमा पर्ने व्यक्तिको नाम वेबसाइटमा bvxzbnnb छ ।

बिहारको पब्लिक हेल्थ इन्जिनियरिङ डिपार्टमेन्टका अनुसार यो सूची सिस्टम जेनेरेटेड हो र अन्तिम सूचीमा यो सुधारिनेछ । विभागले अनुसार अनलाइन आवेदन सुविधाको दुरुपयोग गर्ने व्यक्रिमाथि कडा कारवाही हुने बताएको छ ।

सोसल मिडियामा यो खबर भाइरल भएपछि सन्नी लियोनीले पनि ट्वीट गरेर यसमा चासो देखाएकी छिन् । उनले ट्वीट गरिन्, ‘हाहा, दोस्री सन्नीले यति राम्रो अंक प्राप्त गरेकोमा म निकै खुसी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप