शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर आन्दोलनमा, बिरामी विचल्लीमा

शुक्रबार, १० फागुन २०७५, ११ : ०९
शुक्रबार, १० फागुन २०७५

सरकारी चिकित्सक संघ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेको छ ।

चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गरेपछि उपचारका लागि सरकारी अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका छन् । काठमाडौको वीर अस्पताल, टिचिङ लगायतका अस्पतालमा पुगेका विरामीहरुले आकस्मिकबाहेकका सेवा नपाएको गुनासो गरेका हुन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध गोदानआबद्ध चिकित्सकहरु आन्दोलनमा छन् । एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको उनीहरुको भनाई छ ।

यसैबीच गोदनले आजै वीर अस्पतालबाट विरोधर्याली निकाल्ने जनाएको छ । दिउँसो वीरअस्पतालबाट सुरु हुने र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताएका छन् ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै र्यालीमा अनिवार्य उपस्थित हुन सवै चिकित्सकहरुलाई निर्देशन दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप