बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फर्किंदैछ यो रियालिटी शो, ‘कपिल शर्मा...’ पछि सलमान खानको दोस्रो धमाका

शुक्रबार, १० फागुन २०७५, १० : ५५
शुक्रबार, १० फागुन २०७५

सानो पर्दामा ‘नच बलिये’ नामको डान्स रियालिटी शोले निकै धमाका पिटेको छ । कार्यक्रममा सेलिब्रिटी जोडीले आफ्नो नृत्यको जादु देखाउँछन् । शो अब आफ्नो नयाँ सिजनसहित आउने तयारीमा छ । जानकारीका अनुसार नच बलिये ९ सुरु गर्नका लागि तयारी सुरु भइरहेको छ । यसबारे च्यानलले प्रोडक्सन हाउससँग पनि कुरा चलिरहेको छ । यद्यपी, अहिलेसम्म कुनै पनि सेलिब्रिटी जोडीलाई कन्ट्र्याक्ट गरिएको छैन ।

जानकारीका अनुसार सलमान खान र कट्रिनाको जोडी यसपटकको सिजनमा जजको कुर्सीमा देखिनेछन् । सलमान खानको प्रोडक्सन हाउसले यसपटकको नवौं सिजनलाई निर्माण गर्दैछ ।

सलमान खानको कम्पनीले नै अब कपिल शर्माको शोलाई निर्माण गरिरहेको छ । नच बलियेको नवौं संस्करण मे महिनामा अन एयर हुनसक्छ र जुनमा सलमान खानको फिल्म ‘भारत’ रिलिज भइरहेको छ जसमा कट्रिना मुख्य भूमिकामा छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप