शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले साउदी युवराज सलमानलाई सुनको जलप लगाएको मेसिन गन उपहारमा दियो

शुक्रबार, १० फागुन २०७५, ०९ : ४१
शुक्रबार, १० फागुन २०७५

साउदी अबरका युवराजले आफ्नो दुई दिवसीय पाकिस्तान भ्रमणका बेला २० अर्ब डलरको लगानीको घोषणा गरेर पाकिस्तानीहरुको मनमा बस्न सफल भएको प्रधानमन्त्री इमरान खानले बताएका छन् ।

प्रधानमन्त्री खानको यो भनाई पुष्टि भएको देखिन्छ । किनभने पाकिस्तानी सांसादको एक दलले युवराज सलमानलाई सुनको जलप लगाएको सबमिशन गन उपहार स्वरुप दिएका छन् ।

रिपोर्टका अनुसार सांसदले युवराजलाई जुन बन्दुक दिए त्यो जर्मनीमा बनेको हेकलर र कोशको एमपीफाइभ सबमशिन गन हो । यसमा सुनको जलपमा विशेष बुट्टासमेत कुँदिएको छ । सांसदले यससँगै सलमानलाई उनीहरु आफैंले बनाएको एउटा तस्बिर पनि उपहारमा दिए ।

यसबारे सोसल मिडियामा साउदी र पाकिस्तान दुबै शासनको खिल्ली उडाइँदैछ । एकातिर सलमानमाथि वासिङ्टन पोष्टका पत्रकार जमाल खग्गोसीको हत्याको षड्यन्त्र रचेको आरोप छ भने अर्कोतर्फ पाकिस्तान अहिले ऋणको बोझले थिचिएको छ । साथै पैसाको कमीले त्यहाँका विभिन्न प्रोटेक्ट यत्तिकै थन्किएका छन् । यस्तोमा सुनको जलप लगाएको बन्दुकको विषयमा दुबैलाई निशाना बनाइयो ।

ट्वीटरमा एक प्रयोगकर्ताले यसै मामलामा कटाक्ष गर्दै लेखे, ‘पाकिस्तानले उनलाई बन्दुकको साटो शरिर काट्ने सुनौलो धारिलो वस्तु उपहारस्वरुप दिनुपर्दथ्यो । यस्तै, अर्का एक प्रयोगकर्ताले पाकजस्तो आतंकलाई समर्थन गर्ने देशले पाहुनालाई बन्दुक नै दिनसक्छ ।

अर्का एक व्यक्तिले लेखे, ‘पाकिस्तानी सांसदका सभापति सादिक संजरानी साहब सुनको बन्दुक दिन सक्छन् तर उनको आफ्नो शहरमा पिउने पानी, शिक्षा र स्वास्थ्य सेवासमेत छैन । उनले आफ्नो क्षेत्रको विकासमा ध्यान दिनुपर्दथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप