बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी र आर्सनल युरोपा लिगको अन्तिम १६ मा

शुक्रबार, १० फागुन २०७५, ०९ : २४
शुक्रबार, १० फागुन २०७५

एजेन्सी - इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । बिहिबार राति भएको खेलमा चेल्सीले स्विडिस क्लब माल्मोलाई ३–० गोलले हरायो । चेल्सी समग्रमा ५–१ गोलले विजयी भयो । पहिलो लेगमा चेल्सी २–१ गोलले विजयी भएको थियो । आर्सनलले बेलारुसको बाते बोरिसोभलाई ३–० गोलले हरायो । आर्सनल समग्रमा ३–१ गोलले विजयी भयो । पहिलो लेगमा भने आर्सनल १–० गोलले पछि परेको थियो ।

चेल्सीको जितमा ५५ औं मिनेटमा ओलिभर गिरोडले पहिलो गोल गरे । ७३ औं मिनेटमा माल्मोका रास्मस बेङटासन दोहोरो पहेँलो (रातो) कार्ड खाँदै बाहिरिएपछि माल्मो १० खेलाडीमा समेटिएको थियो । त्यसपछि चेल्सीले दुई गोल थपेको थियो । चेल्सीका रोस बार्केलीले ७४ औं र कलुम हट्सन ओडोइले ८४ औं मिनेटमा गोल गर्दै चेल्सीको जित सहज बनाए ।

यसैगरी आर्सनले खेलको चौथो मिनेटमै बातेका जाखर भोल्कोवको आत्मघागोल सहयोगमा अग्रता लियो । सकोदरन मुस्तफीले ३९ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ६० औं मिनेटमा सोकराटिस पापस्ताथोपोलसले अर्को गोल थप्दै आर्सनलको जित पक्का बनाए ।

युरोपा लिगअन्तर्गत बिहीबार राति भएको अन्तिम ३२ को अन्य खेलमा नापोलीले एफसी जुरिचलाई २–०, भ्यालेन्सियाले सेल्टिकलाई १–० र इन्टरले र्यापिड विनलाई ४–० गोलले पराजित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप