महानगरको जनघनत्व थेग्नै नसकिनेः प्रतिवर्ग किलोमिटर ७९ हजारको बसोबास
काठमाडौँ – काठमाडौँ महानगरको जनघनत्व फ्रान्स राजधानी पेरिसभन्दा पाँच गुणा बढी छ ।
पेरिसमा प्रतिवर्ग किलोमिटर ३५ सय ५० जना बसोबास गर्दै आइरहेका छन् । काठमाडौँ महानगरमा भने प्रतिवर्ग किलोमिटरमा सरदर १९ हजारभन्दा बढी मानिस स्थायी बसोबास गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।
महानगरपालिकाको कूल क्षेत्रफल ५०.६७ वर्ग किलोमिटर छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार महानगरभित्र ९ लाख ६८ हजार स्थायी बसोबास गर्दै आएका छन् । यसअनुसार महानगरमा प्रतिवर्गकिलोमिटर १९ हजारभन्दा धेरै मानिस स्थायी बसोबास गरिरहेका छन् ।
तर, कूल जनघनत्व भने अझै बढी छ । काठमाडौँ महानगरपालिका अनुसार महानगरमा अस्थायीसमेत गरी ४० लाखभन्दा धेरैको बसोबास छ ।
यसलाई आधार मान्दा मान्दा महानगरमा प्रतिवर्ग किलोमिटर सरदर ७९ हजार ९७ जना बसोबास गरिरहेका छन् ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी महानगरभित्र अत्याधिक जनसंख्या वृद्धि भएर थेग्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान