शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स भित्रियो

शुक्रबार, १० फागुन २०७५, ०८ : ०१
शुक्रबार, १० फागुन २०७५

काठमाडौं–उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदार पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एक तिहाई त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् ।
नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानाडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आर्कषक गन्तव्य हुन्
केन्द्रीय बैँकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्टे«लिया, क्यानाडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको ३३.४ प्रतिशत हुन आउँछ । यो समाचार कृष्ण रिजाल र भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप