शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको

शुक्रबार, १० फागुन २०७५, ०७ : ४६
शुक्रबार, १० फागुन २०७५

काठमाडौं–श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ ।
पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै स्याहार खटाइन्थ्यो । १९५३ को अभिलेखमा कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ ।
गुठीका सचिव राजेन्द्रप्रसाद प्रधान विगतमा सोही पोखरीमा फुलेको कमलको फूल टिपेर विक्रमशीत महाविहारमा भगवानलाई चढाउने गरेको बताउँछन् । अहिले पोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गरिएको छ । यो समाचार दीपेश केसीले नागरिक पत्रिकामा लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप