बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय शवदाह गृहमा शवको चाप

शुक्रबार, १० फागुन २०७५, ०७ : ३१
शुक्रबार, १० फागुन २०७५

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषमा रहेको विद्युतीय शवदाह गृहमा शवको चाप अत्याधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानको अभावका कारण त्यहाँ आएका सबै शव विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न सकिएको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा सुम्निमा काफ्लेले लेखेकी छिन् । 

शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापाको शव धेरै आउने भएकाले समस्या परेको बताए । उनले दैनिक सरदर २५ देखि ३० शव आउने बताउनुभयो । 

अधिकृत थापाले नेपाल भने, ‘एउटा मात्र शवदाह गृहमा भएको मेसिनले भार थेग्न नसक्ने भएकाले शव आर्यघाटमा फर्काउन बाध्य छौँ ।’ 

पशुपति आर्यघाटमा दाहसंस्कार दुई प्रकार गर्ने गरिएको छ । एउटा विद्युतीय प्रक्रिया हो भने अर्को पुरानै प्रचलनअनुसार केही दाउराको प्रयोग गरेर दाहसंस्कार गर्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप