यस्तो आयो फिल्म ‘कागजपत्र’को ट्रेलर
बिहीबार, ०९ फागुन २०७५, १९ : ५५
काठमाडौं – फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । नक्कली कागजपत्र बनाएर वा आफन्तसँग नक्कली बिवाह गरेर अष्ट्रेलिया जानेहरुको कथामा बनेको यो फिल्मको ट्रेलरमा कमेडीले प्रथामिकता पाएको छ ।
ट्रेलरमा अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्केको प्रेम पनि देख्न सकिन्छ । ट्रेलरमा दुई अर्थ लाग्ने शब्द समेत धेरै छन् ।
८ चैतबाट प्रदर्शनमा आउने अपिल विष्ट निर्देशक रहेको फिल्मका निर्माता खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटी हुन् । फिल्ममा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मी लगायतका कलाकारको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ