प्रदेश २ सरकारले शिक्षामा छोरीको पहुँच बढाउने काम सुरु गरेको छ : राष्ट्रपति भण्डारी
पर्सा– राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीहरुको शिक्षाका लागि प्रदेश २ को सरकारले शुरु गरेको कार्यक्रमले शिक्षामा छोरीहरुको पहुच बढ्ने दाबी गरेकी छन् । प्रदेश २ मा गत माघ १ गते यता जन्मिएका छोरीहरुको शिक्षाका लागि प्रदेश सरकारले सन्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रम औपचारिक रुपमा सुरु गर्दै उनले सो कुरा बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले यो अभियानलाई छोरीहरुको सम्मान र महत्व बुझ्ने अभियानका रुपमा आफुले लिएको भन्दै उनले यो अभियानले समाज मात्र नभई समग्र देशकै विकासमा पनि टेवा पुग्ने बताइन् ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो अभियानमार्फत प्रदेश २ मा जन्मिने हरेक छोरी लखपति भएर जन्मिने दाबी गरे । शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेश २ अरु सबै प्रदेश भन्दा पछि रहेको भन्दै उनले यो अभियानले मधेसी समाजमा विद्यमान छोरा र छोरी विभेदको अन्त्य गर्ने दाबी गरे ।
कार्यक्रमलाइ सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले खासगरि मधेसका महिला र दलितहरुको शिक्षामा पहुँच कम रहेकाले प्रदेश सरकारले शुरु गरेको योअभियानले मधेसका छोरी चेलीहरुलाई शिक्षित बनाउने विश्वास आफु्ले लिएको बताए । सांसद यादवले मधेस समृद्ध नभए सम्म देश पनि समृद्ध हुन नसक्ने भन्दै संविधान संशोधन गरेर मधेसी जनताको अधिकार दिलाइ दिन राष्ट्रपति भण्डारीसमक्ष आग्रह पनि गरे ।
प्रदेश २ को सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउन अभियान अन्तर्गत माघ १ गते यता जन्मिएका छोरीहरुको शिक्षाका लागि एक लाख रुपैयाको बिमा गरिदने घोषणा गरेको थियो । तर छोरी शिक्षा बिमा कार्यक्रमको औपचारिक शुभारम्भ भने बिहिबार देखि सुरु गरिएको हो ।
वीरगन्जको त्रिजुद्ध उच्च मावि परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले माघ १ गते यता जन्मिएका १४ जना छोरीहरुलाइ बिमा कार्ड हस्तान्तरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत