पूर्खाहरुले ज्यान दिएर देश बचाए, हामीले ज्यान दिनुपर्दैन अडानमा बसे पुग्छ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काजी कालु पाण्डेको समाधिस्थल नेपालीको लागि तीर्थस्थल भएको बताएका छन् । काजी कालु पाण्डेको समाधिस्थल दहचोकमा आज आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधामन्त्री ओलीले यहाँ आज पाण्डेको पूर्णकदको सालिक अनावरण गरेका छन् । हरेक बर्ष आजका दिन प्रधानमन्त्री ओलीले यस ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धान्जली ब्यक्त गर्ने गरेका छन् ।
प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । नेपाल एकीकरणका एकजना सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकिकरणका लागि जीवन आहुती दिएर असाधरण योगदान गरेको प्रधानमन्त्री ओलीले बताए ।
‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए, हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रको पहिचानको निम्ति, राष्ट्रको रक्षाका निम्ति त्यो एकिकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।’
चन्द्रागिरी नगरपालिका १ मा रहेको यस ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास गरेका थिए ।
टावरको दुई तला निर्माण भइसकेको छ । यसैगरी प्रधानमन्त्री ओली गतबर्ष नै कंलकी – दहचोक सडकको स्तरोन्नती हुने घोषणा गरेका थिए । सो काम पनि धमाधम भइरहेको छ । यसैगरी यहाँ मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औपचारिक रुपमा सेयर बजार प्रवेश गर्यो स्पेसएक्स, एलन मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्ने निश्चित
-
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
-
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
-
हुम्ला–बाजुरा सीमा विवाद: आरोप–प्रत्यारोपका बिच कर्णाली करिडोर ठप्प, सर्वसाधारण मारमा
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण