एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर
काठमाडौं – टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भाइवरसँग सहकार्य गरेको छ ।
भाइवरले जगदम्बा मोटर्स ब्रान्डको टिभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको हो । ग्राहकले भाइवरमा रहेको “लभ एट् फस्ट राइड” नामक स्टीकर डाउनलोड गरेर टिभीएस एनटर्क स्कुटर जित्नुका साथै थुप्रै रमाईला र आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
दक्षिण पूर्वि एशिया भाइवरका विजनेस डेभलप्मेन्ट प्रमुख, अनुभव नायरले भने, “हामी जगदम्बा मोटर्ससँग सहकार्य गरेर नेपालमा संचारको माध्यमबाट यस्तो योजना लागू गर्न पाउँदा निकै खुसी छौँ ।”
जगदम्बा मोटर्सका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भाइवरसँग सहकार्य गरेर उपभोक्ताहरुलाई ब्रान्डमा डिजिटल्ली जोड्न पाउँदा निकै उत्साहित भएको बताए । यस योजनामार्फत उपभोक्ताहरुले मज्जा बढाउनुका साथै थप्रै रमाईला र आकर्षक एवम् ग्राण्ड उपहारहरु जित्ने अवसर प्राप्त गर्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा