मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानीज प्रबिधिबाट उत्पादित श्री स्टील टीएमटी छड बजारमा, यस्ता छन् विशेषता

बिहीबार, ०९ फागुन २०७५, १९ : १०
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिज को संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन शुरु भएको छ । श्री स्टील रुपन्देही जिल्ला को भैरहवा स्थित आफनो कारखानाबाट उत्पादन हुने गर्दछ ।

यसमा प्रयुक्त स्टील एफई ५सय जापानी प्रविधिबाट स्वचालित प्लान्टममा उत्पादन हुने कम्पनीले बताएको छ । नेपाल भुकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भुकम्प आइरहने देश जापानमा निर्मित यो प्रविधि पहिलो पटक श्री स्टील्सले नेपाल भित्रयाएको छ ।

श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भुकम्प प्रतिरोधी छ । यसका साथसाथै यसमा उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्च शक्ति, अग्निप्रतिरोधक क्षमता, उत्पादनमा भएको एकनासको तौल तथा लम्बाइको अनुपात एवं विश्वको उच्चस्तरीय जापानी प्रविधि जस्ता प्रमुख ८ विशेषताहरु रहेका हुुँदा हरेक निर्माणलाई एकदम मजबुत र गुणस्तरीय बनाउने कम्पनीको दावी छ ।

कम्पनीले बजार प्रबद्र्धनको लागि  “८को दम” अभियान सहित बजार प्रवेश गरेको जनाएको छ । श्री स्टील्सको प्रति घन्टा उत्पादन क्षमता ४० टन रहेको छ भने दैनिक ८ सय टन उत्पादन हुने गर्दछ ।

यो प्रविधि उच्च गुणस्तरयुक्त स्टील रिवार उत्पादन क्षमता भएको जापानीज डिजाइनमा निर्मित सिक्स स्ट्यान्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो । नेपाल निर्माणको यस महान अभियानमा श्री स्टील एक कोषे ढुंगा सावित हुनेमा र हरेक निर्माण मजबुत हुनेमा विश्वस्त रहेको कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप