मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेश बैंकको २ अर्ब बराबरको ऋणपत्र निष्काशन, १०.२५ प्रतिशत वार्षिक व्याज दर

बिहीबार, ०९ फागुन २०७५, १९ : ००
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– नेपाल बङ्गलादेश बैंक लिमिटेडले १ हजार अंकित दरका २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले ‘एनबिबि डिबेञ्चर २०८५/८६’ निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सभ्झौता पत्रमा नेपाल बङ्गलादेश बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगान र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबाट सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

२ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् निष्काशन तथा बिक्री खुला हुनेछ ।

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएको बैंकले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप