शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको थप २ शाखाहरु संचालनमा

बिहीबार, ०९ फागुन २०७५, १८ : ५२
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं–सिद्घार्थ बैंकले भरतपुर र गैंडाकोटमा थप दुई शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दहाल, उद्योग वाणिज्य संघ(चितवनका अध्यक्ष सहनलाल प्रधान तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गरे ।

त्यसैगरी, बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचन तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले गरे ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १२०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप