‘बी’ डिभिजन लिग: ब्वाईजलाई नयाँबस्तीको धक्का
काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहिबार नयाँबस्ती युवा क्लबले ब्वाईज युनियन क्लबलाई २–० गोलले हराएको छ । एन्फा कम्प्लेक्स सातदोवाटो मैदानमा भएको खेलमा नयाँबस्तीको जितमा साजन राईले २२औं र शशीकुमार चौधरीले ६५ औं मिनेटमा गोल गरेका थिए ।
बिहिबारनै भएको अर्को खेलमा बाँसबारी र श्रीभगवती क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । श्रीभगवतीका लागि आश बहादुर भण्डारीले ११औं र कार्लोस बखरियाले ३३औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा सशक्त देखिएको बाँसबारीका लागि महेन्द्र कार्कीले ६७ औं र दिनेश कार्कीले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा सकेका थिए । राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा ‘बी’ डिभिजनका १२ क्लबले भाग लिएका छन् ।
लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा