शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कप्स’ गीतमा रोमान्टिक अनुपविक्रम र सन्दिपा

बिहीबार, ०९ फागुन २०७५, १८ : २३
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं – फिल्म ‘कप्स’ले पहिलो गीत सार्वजनिक गरेको छ । विहिबार राजधानीमा एक कार्यक्रम गर्दै ‘तिमी र म’ बोलको पहिलो रोमान्टिक गीत सार्वजनिक गरेको छ । 

टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतमा अभिनेता अनुपविक्रम शाही र नवअभिनेत्री सन्दिपा लिम्बुको रोमान्स देख्न सकिन्छ ।

विजय घिमिरे र नितु घिमिरेको स्वर रहेको गीतमा विजयको शब्द तथा संगीत छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दिपाको केमेस्ट्री सुहाएको छ । 

सम्राट सापकोटाको निर्देशन रहेको फिल्ममा अनुपविक्रम र सन्दिपाको अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारको अभिनय छ ।

‘आर्या मूभिज’ र ‘सारा श्री मूभिज’को ब्यानरमा निर्माण भएको फिल्मले एक्सन र लभस्टोरी जनरामा तयार भएको छ । कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप