शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङ र मेनुकाको ‘साइली’मा ‘प्याट् प्याटे’ बोलको गीत

बिहीबार, ०९ फागुन २०७५, १८ : ०९
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं – रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘साइँली’को दोस्रो गीत पनि आएको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारलाई थप बल पुुर्याउन ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक गरेको हो ।

सुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा हर्क साउदको शब्दको छ । गीतमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंह देखिएका छन् । 

१५ चैतबाट प्रदर्शनमा आउने यो फिल्म बैदेशिक रोजगारीको कथामा बनेको हो । माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की लगायतका कलाकारको पनि अभिनय रहेको फिल्मका विशाल गुरुङ र मोहन राना मगर निर्माता हुन् । फिल्मका कार्यकारी निर्माता भने मणिराम पोखरेल रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप