बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको ६५ औं शाखा महुलीमा

बिहीबार, ०९ फागुन २०७५, १६ : ४३
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको ६५औं शाखा प्रदेश नं २ सप्तरीको महुली गाँउपालिका ६ मा संचालनमा आएको छ ।

शाखाको बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा  प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप