बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आवास कम्पनीको ३० औं वार्षिकोत्सव : समन्वयमार्फत काम गर्न मन्त्रीको निर्देशन

बिहीबार, ०९ फागुन २०७५, १६ : २५
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय आवास कम्पनीलाई स्वायत्त रुपमा काम कारवाही अघि बढाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३० औं वार्षिकोत्सव समारोहलाई विहीबार राजधानीमा सम्बोधन गर्दै मन्त्री राईले स्थानीय र प्रदेश सरकारसंग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले कम्पनी स्वायत्त निकाय भएकाले राय सुझाव लिई आवश्यक पर्दा आफैले निर्णय गरेर अघि बढ्न सक्ने स्पष्ट पारे ।

स्थानीय तहले आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने भएपनि त्यही वहाना वा स्थानीय सरकारको हैसियतमा जथाभावी आग्रह पुर्वाग्रहमा नपरि कम्पनीले सामुहिक र राष्ट्रिय हितको पक्षमा काम गर्नुपर्ने आवश्यकता औल्याए ।

मन्त्रालयले जग्गा सम्बन्धी विनियावली सम्बन्धित निकायमा पठाईसकेको उल्लेख गर्दे उनले जग्गाको वर्गिकरण र आवास निर्माण लगायतका काम गर्दा विनियावलीको दायरामा रहन सचेत गराए । 

मन्त्री राईले आवास निर्माणको दर बढाउदै गर्दा गरिवि अर्थात् आवास विहिनको संख्या पनि घट्दै जानुपर्ने भन्दै कार्यक्रम तथा योजनालाई उपलब्धिमुलक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

दैवी प्रकोपपीडित वा आश्रयविहिन परिवारका लागि राज्यका विभिन्न भागहरुमा आवासको व्यवस्था गर्ने क्रममा स्थानीय तहबीच समस्या देखिदै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप