अदालतमा १३ सय वर्ष कैद र ८७ लाख जरिवाना बाँकी
वालिङ– जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।
वि.सं २००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलाबमोजिम १३ सय १२ वर्ष ११ महीना १४ दिन कैद र ८७ लाख १५ हजार १८४ रुपैयाँ ५५ पैसा असुल गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतका श्रेष्तेदार नन्दप्रसाद आचार्यले बताए ।
केही सार्वजनिक अपराध मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, मानव बेचबिखन, अंशबण्डा, जबर्जस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागूऔषध ओसारपसार, ठगीलगायतका अभियोग लागेकाबाट उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको हो ।
‘अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएसँगै फरार रहेकालाई सजाय भुक्तानका लागि जिल्लाका सबै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ लगत विवरणसहित सम्बन्धित निकायमा पत्राचार गरेका छौँ’, श्रेष्तेदार आचार्यले भने ।
अदालतले कैद तथा जरिवाना तोकेका व्यक्तिबाट जरिवाना उठाई दाखिला गरेमा उठाएको रकमको २५ प्रतिशत प्रोत्साहन रकम र कैद लागेको व्यक्तिलाई अदालतसमक्ष दाखिला गरेमा प्रति महिना रु १५० का दरले प्रोत्साहनबापत रकम भुक्तानी गर्ने व्यवस्था रहेको श्रेष्तेदार आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट