बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देवदहमा बन्ने भयो ७ करोड लगानीमा मणिदीप धाम

बिहीबार, ०९ फागुन २०७५, १३ : ५९
बिहीबार, ०९ फागुन २०७५

बुटवल– प्रदेश ५ को रुपन्देहीमा बहुउपयोगी गुरुयोजना सहितको देवदह मणिदीप धाम बन्ने भएको छ । 

झण्डै ७ करोड लागतमा बन्न थालेको धाममा जेष्ठ नागरिक मिलन केन्द्र अतिथी गृह ‘धर्मशाला’, ब्यापारिक सटर, बाल उद्यान, भजन मण्डली हल लगायतका भौतिक संरचनाहरु निर्माण गरिने भएको हो ।

स्थानीय दुर्गा प्रञ्चायन मन्दिर संरक्षण समितिले निर्माण थालेको मणिदीप धाम  ५ वर्षमा निर्माण सम्पन्न गरिने बताइएको छ । देवदह शितलनगर चोक उत्तरको १० कट्ठा बढी जग्गामा देवदह मणिदीप धाम बन्ने भएको हो । 

दश कट्ठा क्षेत्रफलमा बन्न थालेको मणिदीप धाम भित्र दुई करोड ५० लाखको जेष्ठ नागरिक मिलन केन्द्र, एक करोड ८० लाखमा अतिथी गृह (धर्मशाला), ३५ लाखमा आकर्षक बगैचा, ३० लाखमा पुजारी घर, ५० लाखमा ब्यवसायिक सटर भवन, १५ लाखमा भजन मण्डली हल, १६ लाखमा प्रबेशद्वार, ९ लाखमा बाल उद्यान लगायतका संरचनाहरु बन्ने छन् । 

मणिदीप धामभित्र पार्किङ्ग स्थल, ढकल निकास, शिस महल, पानी ट्याङ्की लगायतका अन्य विभिन्न संचरनाहरु पनि निर्माण गरिने छन् । त्यसका लागि अहिले ६ करोड ७५ लाखको बजेट अनुमान गरिएको दुर्गा प्रञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष रमेशचन्द्र रेग्मीले जानकारी दिए । मणिदीप धाम निर्माणका लागि यसअघि सञ्चालन गरेको महायज्ञबाट समितिले ७८ लाख सङ्कलन गरिसकेको र बाँकी रकम विभिन्न संघसंस्था र ब्यक्तिसँग सहयोग संकलन भइ रहेको अध्यक्ष रेग्मीले बताए ।
 

मणिदीप धामको प्रदेश पाँचका प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने र देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले विहीबार संयुक्त शिलन्यास गरेका हुन् । 

शिलन्यागर्दै प्रदेश सांसद डा. न्यौपानेले बुद्धबावली देवदहलाई पर्यटकीय नगरिका रुपमा विकास गर्न धाम निर्माणले धेरै सघाउने बताए । उनले बुद्ध जन्म स्थल लुम्विनीमा आउने पर्यटक धाम निर्माणपछि देवदहमा आउने बलियो मार्ग बन्ने समेत बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप