बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकद्धारा एकै पटक ११ वटा नयाँ स्थानवाट बैंकिङ्ग सेवा विस्तार

सोमबार, १६ साउन २०७४, २२ : ०१
सोमबार, १६ साउन २०७४

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले साउन १६ गते एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द«नगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ भने, सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका,  तनहुं जिल्लाको भिमाद नगरपालिका तथा  कंचनपुर जिल्ला पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको हो ।

त्यसैगरी बैंकले रुपन्देहीस्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  
बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने,   कर्जा शुल्कमा ०.२५% छुट दिने र लकर शुल्कमा ५०% छुट प्रदान गर्ने ईत्यादि सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ । 
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै  उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । 
 यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप