शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार काण्डमा मुछिएका समाज कल्याणका पदाधिकारी बर्खास्त

बिहीबार, ०९ फागुन २०७५, १३ : ४६
बिहीबार, ०९ फागुन २०७५

काठमाडौंँ– सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ  ।

 फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उनीहरुले बद्नीयतपूर्ण र कानुनविपरित काम गरेको पाइएकाले पदमुक्त गरिएको जानकारी दिए । 

साथै बैठकले परिषदमा भएको आर्थिक प्रशासनिकलगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारवाही गर्न छानविन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पठाउने निर्णय गरेको छ ।

 मन्त्री बास्कोटाले यही विषयलाई लिएर भ्रष्टाचार बढेको रुपमा नबुझ्न आग्रह गर्दै भ्रष्टाचार नियन्त्रणको प्रयासका रुपमा बुझ्न आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप