बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जेष्ठ र अपाङ्गलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यविधि

बिहीबार, ०९ फागुन २०७५, १३ : ११
बिहीबार, ०९ फागुन २०७५

बुटवल – रुपन्देहीस्थित आनन्दवन स्वास्थ्य चौकीले ५ वर्षदेखि सञ्चालन गर्दै आएको एम्बुलेन्स चलाउन नसकेपछी तिलोत्तमा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
जिल्ला विकास समिति रुपन्देहीको ५ लाख रुपैयाँ अनुदान र स्थानीयको चन्दा सहयोगमा करिव १० लाख रुपैयाँमा खरिद गरेको एम्बुलेन्स चलाउन नसकेपछी स्वास्थ्य चौकीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
एम्वुलेन्सको आम्दानीबाट त्यसैको खर्च चलाउन समस्या भएको र पटक पटक दुर्घटना हुँदा थप व्ययभार व्यर्होनु परेकाले सञ्चालक समितिको बैठकबाट निर्णय गरेर नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको स्वास्थ्य चौकीका ईञ्चार्ज केशव गिरीले जानकारी दिए  । 
नगरपालिकाले एम्बुलेन्सको मर्मत सम्भार गरेको छ । करिव २ लाख रुपैयाँ खर्च गरी एम्बुलेन्स मर्मत गरेकाले चालकको व्यवस्था गरेर छिट्टै सञ्चालन गर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीराम बञ्जाडेले बताए । 
एम्बुलेन्स सञ्चालनका लागि कार्यपालिका सदस्य राधा शाहीको संयोजकत्वमा समिति समेत बनाइएको छ ।  एम्बुलेन्स सञ्चालन समितिकी संयोजक शाहीले तिलोत्तमा नगरपालिकाका महिलाहरु सुत्केरी हुन तथा ७५ बर्ष पुरा भएका जेष्ठ नागरिक र अपाङ्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यबिधि बनाएको बताए ।  उनले अन्यका हकमा भने न्युनतम् ५ सय रुपैयाँ र प्रतिकिलोमिटर ४० रुपैयाँ तोकिएको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप